Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बीच झडप, अश्रुग्यास र हवाइ फायर


    बिहिबार, मंसिर १ २०७९
    635
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। राैतहटकाे निर्वाचन क्षेत्र नम्बर- ३ मा दुईजना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूबीच वादविवाद चर्किदा झडप भएको छ। दुवै उम्मेदवारका समर्थकहरू रक्सी पिएर एकले अर्काेलाई गाली गलोज गर्न थालेपछि विवाद सुरु भएकाे प्रहरीले जनाएकाे छ।

    जिल्लाको कटहरिया नगरपालिकाको वडा ५ कटहरिया बजारस्थित शान्ति पेट्रोल पम्प अगाडि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएकाे हाे।

    घटना हिजो बुधबार राति करिब साढे ९ बजेको समयमा भएकाे जनाएको छ । उक्त झडप भएपछि प्रहरीले झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको थियाे। उक्त झडपमा परी ३ जना प्रहरी सामान्य घाइते समेत भएका छन्।

    सुरुमा सम्झाइबुझाइ गर्दासमेत दुवै पक्षका समर्थक आक्राेशित हुँदै ढुंगा र सिसा प्रहार गर्न थालेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरिएकाे इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

    प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार