Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवका कार्यकर्ताद्वारा भोजपुरमा बिस्फोट


    बुधबार, कार्तिक ३० २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भोजपुरको पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङमा जारी सत्ता गठबन्धनको चुनावी सभानजिकै विस्फोट गराउने व्यक्ति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै आज बम विस्फोट भएको थियो। 

    उक्त विस्फोटबाट एक जना घाइते भएका छन्।

    भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार घाइते भएका सुमन श्रेष्ठ विप्लवका कार्यकर्ता हुन्। उनी नेकपाका जिल्ला सदस्य रहेको खुलेको छ।

    ‘रातो झोलाभित्र टिफिन बक्सभित्र मोबाइल राखेर बिस्फोट गराएको देखिन्छ। अलि कम विस्फोटक पदार्थ रहेको देखिन्छ,’ घिमिरेले भने।

    बिस्फोटबाट घाइते भएका उनको सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार