Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरी-२ मा सत्ता गठबन्धनको र्‍याली


    बुधबार, कार्तिक ३० २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  सत्ता गठबन्धन दलहरुले सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को राजविराजमा बुधबार र्‍याली निकालेको छ । गठबन्धनका तर्फबाट यस क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर, प्रदेशसभाअन्तर्गत २(१)का उम्मेदवार लोसपाकै सरोजकुमार मण्डल र २(२) बाट माओवादीका उमेशकुमार यादवको अगुवाइमा र्‍याली निकालिएको हो ।

    पबिमावि अगाडिबाट निस्किएको र्‍यालीले राजविराज बजार क्षेत्रको परिक्रमा गरेको थियो । र्‍यालीमा सहभागी उम्मेदवार र समर्थकहरुले सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र दुईवटै प्रदेश सभामा आफूहरुको उम्मेदवार जित्ने दाबी गरे ।

    उक्त र्‍यालीमा सत्ता गठबन्धनका घटक दलहरु नेपाली कांग्रेस, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुको सहभागिता थियो ।

    thumb.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार