काठमाडौं। चुनाव नजिकिंदै गर्दा यतिबेला काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमले नायक राजेश हमाल पछि अन्य कलाकारहरुबाट पनि समर्थन पाइरहेका छन्। आफुलाई मनपर्ने उम्मेदवारको पक्षमा खुल्दै चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बमलाई निर्वाचन जिताउनका लागि भोट मागेका हुन्।
रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बम भोट माग्दै मण्डला थिएटर पुगेका बेला दयाले जितको शुभकामना दिएका छन्। बम भोट माग्न निरौलाको घर पुगेका थिए। दीपाश्रीलाई उद्धृत गर्दै बम सामाजिक सन्जालमा लेख्छन्, ‘म काठमाडौं क्षेत्र–१ कै मतदाता हुँ। पुकारलाई मत दिने कुरामा म तयार छु। यहाँ आजसम्म कोही आउनुभएको थिएन। तपाईं आउनुभयो।’
केही दिनअघि मात्रै नायक राजेश हमालले पनि बमका लागि भोट मागेका थिए। बमसँगको भेटमा हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाउँमा नयाँ पुस्ता पुग्नुपर्ने बताएका थिए। 
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend