Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री केकी अधिकारीले मागिन् गगन थापालाई भोट


    बुधबार, कार्तिक ३० २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले आसन्न प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट मागेकी छन्। 

    कांग्रेस महामन्त्रीसमेत रहेका थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन्। केकी अधिकारीले नेता थापालाई भोट माग्दै जितको शुभकामना समेत दिएकी छन् । उनले राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै थापालाई जितको शुभकामना दिएकी हुन् । 
     
    गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । 

    गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार