Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भरतपुरमा उमेश श्रेष्ठको गाडीमा इँट्टा प्रहार गरि युवाहरू फरार 


    बुधबार, कार्तिक ३० २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ चुनाव प्रचार गरिरहेका क्रममा उनको गाडीमा इँट्टा प्रहार गरि गाडी तोडफोड गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित प्रगति पथमा बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित युवाहरूको समूहले आज बिहान ११ बजेतिर इँट्टा प्रहार गरेर कार तोडफोड गरेर भागेको चितवनका एसपी नवराज अधिकारीले बताए ।

    चुनावी प्रचारप्रचारमा गाडी रोकेर भेटघाटमा रहेको बेला मोटरसाइकलमा आएका युवाहरूले ईट्टा हानेर कारको सिसा फुटाएर फरार भएका हुन् ।

    श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हुन् । गाडीबाट ओर्लेर उनी घरदैलो गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ । आक्रमण गर्नेहरूको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार