Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले जस्तो संसद् विघटन गर्दैनौँ : देउवा 


    मंगलबार, कार्तिक २९ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुर्खेत पुगेर तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्ताे दुई पटक संसद् विघटन नगरी पूरा कार्यकाल चलाउने बताएका छन् । साथै देउवाले यहि गठबन्धन आगामी  १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन्।

    आज सत्तारुढ गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयाेजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै  देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए।

    उनले कानुनविपरीत ओलीले दुई पटक संसद विघटन गरेको आरोप पनि लगाए । ‘ओलीले संसदलाई अंगभंग गर्न खोजे,’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं। संसदलाई पूर्ण कार्यकाल राख्छौं।’ 

    साेही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार