Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर–१ का उम्मेदवार घिमिरे अनसनमा


    मंगलबार, कार्तिक २९ २०७९
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका डा. सचिन घिमिरेले सात बुँदे माग राखी गोदावरीको टाखेलमा आमरण अनशन सुरु गरेका छन्। 

    उनले आज मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्। 

    पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के-कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्। 

    ‘निवर्तमान सासंद नवराज सिलवालले यस क्षेत्रमा कहाँ कति खर्च गरे? त्यो सार्वजनिक हुनुपर्‍यो,’ उनले भने, ‘हामीले केही थाहा पाएनौं, त्यसैले सार्वजनिक गर्न माग गरेको छु।’

    गाउँमा बाँदरले दु:ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्।

    अरुलाई असर नपर्ने गरी शान्तिपूर्णरुपमा आफ्ना माग राख्न पाइने भन्दै घिमिरेले यसलाई उनको निर्वाचनको प्रचारप्रसारको अभियानको एउटा पाटो भनेका छन् ।

    त्यस्तै घिमिरेले गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्। 

    उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। साथै गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगाले ट्रान्सफर्मर छोएकाले रुखको हाँगा काट्नुपर्ने उनको अर्को माग छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार