Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  करिष्माले मागिन् रेखा थापालाई भोट


    मंगलबार, कार्तिक २९ २०७९
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । यतिबेला कलाकार समेत कलाकारिताबाट विश्राम लिएर चुनावी मैदानमा उत्रिदै विभिन्न पार्टीका व्यक्तिलाई भोट मागिरहेका छन् । यो पल्टको संघीय चुनावमा कलाकार स्वयं पनि विभिन्न पार्टीबाट विभिन्न क्षेत्रमा उम्मेदवार रहँदै कलाकारले आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा खुलेरै भोट मागिरहेका छन् ।

    गत स्थानीय निकायको चुनावअघि एमाले प्रवेश गरेकी नायिका करिष्माले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ-३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापालाई भोट मागिरहेका छन् । यतिबेला अभिनेत्री करिश्मा मानन्धरले मोरङ-३ का एमालेका उम्मेदवार छाडेर रेखालाई खुलेरै भोट मागेकी छन् । रेखा उठेको यो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन् । करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई खुलेरै भोट मागेकी हुन् ।

    करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

    करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार