Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वतन्त्रकी तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चले दियो आदेश (पुर्णपाठ)


    सोमबार, कार्तिक २८ २०७९
    925
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ललितपुर निर्वाचन क्षेत्र  नम्बर- ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कामय राख्न सर्वाेच्च अदालतले निर्देशन दिएको छ । कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्ने सम्बन्धमा उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वाेच्च अदालतले उनको उम्मेदवारी कायम रहने आदेश दिएको हो । 

    निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो । 

    यसअघि सर्वाेच्चले उनको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि आयोगले सर्वाेच्चमा निवेदन दिएको थियो । तर, सर्वाेच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो । 

    मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । 

    आयोगले त्यसविरुद्ध दिएको भ्याकेट निवेदन आज कार्तिक २८ सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । 

    डा. कार्कीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

    download (1).jpg
    undefined
    download (2).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार