Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीमाथि प्रचण्डको टिप्पणी : ‘एमाले गुट ढाँट्ने, छलछाम गर्ने समूह हो,म त कालको मुखबाट फर्किए 


    सोमबार, कार्तिक २८ २०७९
    750
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो जीत सुनिश्चित गर्दै नेकपा एमालेसँगको एकता आफ्ना लागि ज्ञान सिक्ने एक विशिस्ट माध्यम बनेको बताएका छन्। 

    लमजुङको राइनासमा आज सोमबार भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो जिकिर गरेका हुन्। 

    ‘एमाले गुट भनेको झुटो कुरा गर्ने, ढाँट्ने र छलछाम गर्नेहरुको समूह हो’, उनले भने, ‘त्यहाँ गलत बोल्नेहरु धेरै छन्। म त कालको मुखमा पुगेर आएको हो। म त्यहाँ पसेको दिनदेखि नै धोका दिए। केपी ओली त यो संविधान सिद्धयाउन पो लागेका रहेछन्।’

    प्रचण्डले गणतन्त्रका लागि आन्दोलन हुँदै गर्दा ओलीले गणतन्त्र आउँदैन, समावेशी समानुपातिक आउन सक्दैन भनेको समेत दाबी गरे। 

    प्रचण्डले भने,‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो। उनले अहिलेको गठबन्धनलाई आगामी १५/२०  वर्षसम्म कायमै राखिने दाबी गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार