Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका ५ सदस्यलाई पार्टीबाट निष्कासन


    सोमबार, कार्तिक २८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। कांग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।

    ‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको उक्त विज्ञप्तिमा भनिएको छ।

    बागी, बागीका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकालाई समेत कारबाही गरेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ। 

    यस्ता छन् अभिलेखबाट हटाउनु पर्ने व्यक्तिको नामावलीः

    १. मंगलबहादुर शाही –महासमिति सदस्य, हुम्ला।

    २. धर्मेन्द्रप्रसाद यादव –क्रियाशील सदस्य, बारा।

    ३. रविन्द्रप्रसाद यादव (रोशन) –महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा।

    ४. वीरेन्द्रप्रसाद यादव –महाधिवेशन प्रतिनिधि, बारा।

    ५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, बारा।

    download.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार