Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • स्वतन्त्रकी तोसिमा कार्कीको मुद्दामा बहस सकियो, आजै फैसला हुने 


    सोमबार, कार्तिक २८ २०७९
    950
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्ने सम्बन्धमा आज टुंगो लाग्ने भएको छ। उक्त विषयमा परेको रिटमाथि सर्वोच्च अदालतमा आज बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

    डा. तोसिमा कार्कीको उमेदवारी खारेज कानुनसम्मत रहेको भन्दै सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगको मुद्दामा आजै सुनुवाइ हुँदै छ। 

    मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । 

    डा. कार्कीले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ ललितपुर-३ मा आफ्नो मनोनयन दर्ता गराएकी थिइन् ।

    त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन आज सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार