सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रे बेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका एक सयभन्दा बढी घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ । तर, लालपुर्जा छैन ।
सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिलेसम्म कित्ता नापी नहुँदा नागरिक विभिन्न समस्या झेलिरहेका छन् । पटक-पटक आन्दोलन गर्दा पनि आफूले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि मतदान बहिस्कार गर्ने चेतावनी दिँदै आज ध्यानकर्षपत्र बुझाएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लालपुर्जाको समस्या सुल्झाउने उम्मेदवारलाई भोट हाल्ने मनस्थितिमा यहाँका सबै परीवार एक मत भएर बसेका थिए । अरु स्थानमा उम्मेदवार तामझाम गर्दै भोट माग्न पुगिरहेका छन् । आफूनो गाउँमा पनि उम्मेदवार आउलान् र समस्या सुनाउला भन्ने पर्खाइमा रहेका स्थानीयलाई भेट्न अहिलेसम्म कोहि पनि पुगेका छैनन् । तर, अहिलेसम्म कुनै उम्मेदवारले गाँउम नाक मुख नदेखाएपछि मतदान बहिस्कार गर्ने भन्दै यहाँका नागरिक जिल्ला प्रशासन, निर्वाचन कार्यलय र स्थानीय तहमा पुगेका छन् ।
अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको काभ्रेको भुम्लु ८ का कुमार माझीले बताए । उनी भन्छन्, ‘हामिले लालपुर्जा पाउनु पर्यो भनेको धेरै भइसक्यो । सिन्धुका हौं या हामी काभ्रेका । त्यो छुट्याउनु पर्यो । तर कुनै सुनवाई हुन सकेको छैन । अहिलेसम्म हामी कहाँ कुनै नेता भोट माग्न पनि आएका छैनन् । म कहाँको व्यक्ति हो त्यो टुङगो छैन् । आफ्नो नाममा लालपुर्जा छैन् । सोहि कारण यस पटक भोट दिन्न ।’
यस्तै भुम्लु ८ कि सानु माया माझीको पनि उस्तै भनाइ छ । यसअघिको चुनावमा पनि भोट दिँदा आफ्ना समस्या सुनुवाई नभएको उनको गुनासो छ ।
यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न पाएका छैनन् । यहाँ बसोबास गर्ने हरेक परीवारसँग तिरो तिरेको रसिद रहे पनि लालपुर्जा नभएको उनको गुनासो छ ।
बिगत करिब ४५ वर्षदेखि आफ्नो जमिनको क्षेत्रफल कति हो ? भन्ने थाहा नभएको उनले बताइन् । हजुरबुबाको पालादेखि नै बुवा काकाको नाममा जग्गा नामसारी हुन नसकेको उनीहरूको गुनासो छ । कतिपय हजुरबुबा, बुबा, आमासमेतका मृत्यु भैसकेको अवस्था छ । अल्पसंख्यक माझीको करिब ४० घरपरिवार भएको डुम्रे बेशीका बासिन्दालाई आधा-आधा गरी बिभाजन गरी दिएका कारण हामि कसैको हुन सकेनौं भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एकता खण्डित गरिदिएका कारण झनै कमजोर हुन पुगेको छ । आफ्नो जग्गाको किता नापि गरी गराई लालपुर्जा वितरण कार्य नभएसम्म आसन्न निवार्चनमा मतदान नगर्ने निर्णय लिन बाध्य भएको उनीहरूको भनाई छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा २०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । २०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनि नक्सा दिएपनि २०४५ सालमा राष्ट्रिय पञ्चायतमा रहेका काभ्रेका गोविन्द उप्रेतीले कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीय बताउँछन् ।
नागरिकले सीमा विवाद समाधान गरि आफूहरूको जग्गा नापी गरेर लालपुर्जा दिन बारम्बार माग गर्दै आएका छन् । त्यसका लागि सरकारी स्तरबाट केही प्रयास भएको भएपनि सार्थक भएको छैन । उनीहरूको अधिकारको लागि वकालत गर्दै आएका अधिवक्तासमेत रहेका चौतारा नगर ११ का वडा अध्यक्ष रोशनराज गिरी यहाँका नागरीकले राज्य भएको महसुस गर्न नसकेको बताउछन् ।
यहाँका समुदाय जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् । सम्झना कार्की, न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend