लमजुङ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् ।
नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन् ।
आइतबार मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहेका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक-पटक संविधानको उल्लंघन गर्ने र संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीेको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक बाम गठबन्धन गरेर आएको बताए । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे ।
गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता रामचन्द्र पौडेलले भविष्यमा मिलीजुली सरकार गठन गर्नुनै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौं भन्दै पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएकाे बताए ।
संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धीलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए । पटक-पटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्दछ भन्ने पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताए ।
उनले गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उनको धारणा थियो ।
त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओबादी केन्द्रका देव प्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली काँग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे ।
नेता पौडेलले हामी सबैलाई सुशासन चाहिएको छ भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताए । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल तनहूँ १ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत हुन् ।
मध्यनेपाल नगरपालिका वडा नम्बर २ का नेपाली कांग्रेसका सभापति ऋषिराम पुरीको अध्यक्षतामा भएको उक्त चुनावी सभामा लमजुङबाट नेपाली कांग्रेसका दीलबहादुर घर्ती, प्रतिनिधि सभाका उमेदवार देवप्रसाद गुरुङ, प्रदेश सभाका उमेदवारहरु डा. टकराज गुरुङ र भेष बहादुर पौडेलले देशले लामो समयपछि प्राप्त गरेको संविधानको रक्षा र सुशासनको लागि पाँच दलीय गठनबन्धनलाई जिताएर पठाउनुको विकल्प अब नरहेको बताएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend