Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनबाट रवि छामिछानेको टोलीमाथि कुटपिट र गाडी तोडफोड 


    आइतबार, कार्तिक २७ २०७९
    520
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते समेत भएको बताईएको छ। 

    पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा आज दिउँसो प्रचारको अवधिमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीका नेताले बताए ।

    प्रचार गरिरहेको समयमा गठबन्धन दल माओवादीका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यहाँ विवाद हुँदा गाडीमा आक्रमण भएको देखिएको छ। रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको एक नेताले बताए। 

    लामिछानेले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।

    उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार