Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  निर्वाचनका लागि जुम्लामा ८ सयबढी कर्मचारी खटिए 


    आइतबार, कार्तिक २७ २०७९
    2.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिने भएका छन् । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो । 

    मुख्य निर्वाचन अधिकृत अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो ।  उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार