Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचन आयोगद्वारा मेयरलाई जरिवाना


    आइतबार, कार्तिक २७ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाही गरेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका मेयरलाई २५ हजार जरिवाना गरेको जनाएको छ । 

    आयोगले हालसम्म आचारसंहिता उल्लंघन गरेका ६ जना उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गरेको छ । उनीहरुलाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार