Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरान पुगेर ओलीले भने- धरानवासीलाई कोशीको पानी ल्याएर खुवाउँछौं


    शुक्रबार, कार्तिक २५ २०७९
    715
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरान पुगेर कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने दाबी गरेका छन्। उनले धरानमा पर्याप्त पानी ल्याइने बताए।

    आज शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले धरानका मेयर हर्क राईलाई संज्ञा गर्दै भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?। कसको घरमा खानेपानी पुर्‍याउने?’ मेयरलाई पानीकै चिन्ता बढी परेको र त्यसलाई समाधान गर्न एमालेले ठोस रुपमा काम गर्ने बताए ।

    उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। 

    धरानबासीकै घरछेउबाट कोशी बगिरहेको बताउँदै उनले त्यो अवस्था देखेर आफूलाई दुःख लागेको बताए । ‘कसैकसैले कुलो खनेर पानी ल्याउँछौ भन्ने सोचेका होलान्, त्यो तरिका काम छैन, पम्पिङ सिस्टमले मात्र संभव छ’ उनको भनाइ छ ।

    ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार