Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुगमनका लागि प्रधानसेनापति शर्मा खोटाङमा


    शुक्रबार, कार्तिक २५ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मङ्सिरमा हुने  निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा आज शुक्रबार खोटाङ पुगेका छन्  । आसन्न प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा आज खोटाङ पुगेको नेपाली सेनाले जनाएको छ। 

    अनुगमनका लागि खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।

    दर्शनका क्रममा उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन् । भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार