Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ ३ मा भानुभक्त र सुनिलविरुद्ध रेखाको खुल्ला इन्ट्री


    शुक्रबार, कार्तिक २५ २०७९
    705
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी ४ मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा यतिवेला सिंगै देश चुनावी माहोलमा तातिएको छ । यस क्षेत्रमा अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मा पनि यसपटकका उम्मेदवार छन् । तर उनीहरूविरुद्ध (राप्रपा) बाट उम्मेदवार बनेकी चर्चित अभिनेत्री रेखा थापा येति बेला चुनावी मैदानमा उत्रिएकी छन्। 

    नेपाली फिल्म क्षेत्रकी हिरोइन रेखा थापा  (राप्रपा) बाट पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछिन् । उनी यस क्षेत्रका स्थानीयवासीका लागि स्वतः ‘आकर्षण’ बनेकी छन् । पछि मतपत्रमा प्रतिविम्बित होला, नहोला, तर अहिले भीड जुटाउन चाहिँ रेखालाई कठिन छैन । 

    रेखा लामो समयदेखि आफ्नो क्षेत्रका मतदातामाझ पुगिरहेकी छन्। घरदैलोमा व्यस्त छिन्। थापाको चुनावी कार्यक्रम र घरदैलो यति बेला तीव्र रहेको छ। रेखा आफूलाई सधैँ चलचित्रमा देखिरहेका मतदाताभन्दा योजनाबद्ध रूपमा ग्रामीण क्षेत्र, सुकुम्वासी, दलित, विपन्न बस्ती, महिला, युवायुवतीलाई प्राथमिकतामा राखेर चुनावी प्रचार गरिरहेकी छन्। मोरङ ३ का स्थानीयबासीले पनि उनलाई समर्थन गरिरहेका छन्। थापा येति बेला उक्त क्षेत्रमा जनताको हितकालागि मैदानमा उत्रिएपछि निकैनै चर्चा चलिरहेको छ। 

    चुनावी प्रचारप्रसारमा आफूलाई हेर्न र सुन्न आएका मतदाता र सर्वसाधारणसँग रेखा आफ्ना कुरामात्रै भन्दिनन्, अंगालो हाल्दै सेल्फी पनि खिच्न भ्याउँछिन् । यस क्षेत्रका चोक–चोकमा हुने कोणसभामा नाचेर पनि मनोरञ्जन गराइदिन्छिन् । उनीसँगै मतदाता पनि छमछमी नाच्ने गर्छन् । उनको कार्यक्रममा ज्येष्ठ नागरिक र युवाको विशेष सहभागिता रहने गरेको छ ।

    रेखाले मनोनयन दर्ता गर्ने मितिभन्दा दुई साताअघि नै यस क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । 

    यस क्षेत्रमा सत्ता गठबन्धनका सुनिल शर्मा र एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा पनि यी दुई मुख्य प्रतिस्पर्धी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार