Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराका जनताको विश्वस जित्दैछन् सागर ढकाल


    बिहिबार, कार्तिक २४ २०७९
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर डडेल्धुराको चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार सागर ढकालको चुनावी प्रचारप्रसार तीव्र रहेको छ। उनले दिन प्रतिदिन स्थानिय मतदाताको मन जितिरहेका छन् ।

     प्रधानमन्त्री देउवाकै निर्वाचन क्षेत्र डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको चुनाव चिन्ह सुई  रहेको छ। उनी अहिले चुनाव चिन्ह सुई लिएर जनतामाझ भोट माग्न व्यस्त छन् ।  मत माग्न युवाहरु समेत खटिएका छन् ।

    सागर ढकालको पक्षमा यतिबेला युवाहरुसहित स्थानियवासीहरु पनि खटिएका छन् । स्थानियवासी भन्छन् देशलाई अहिले नयाँ नेता दिने मुडमा छौ । ‘प्रतिस्पर्धा त कडा नै हुनेछ, एक जना स्थानियवासी भन्छन्–‘अहिले नै यकिन गर्न गाह्रो छ, तर नयाँ अनुहारको सम्भावना प्रवल छ’ ‘अहिले त जनतालाई राम्रो नेता नै चाहिएको छ, स्थानियवासीको भनाइ छ– ‘डडेल्धुरामा धेरै कुराको समस्या छ । राम्रो अस्पताल छैन । राम्रो बाटोघाटो छैन । व्यवस्थित स्कूल तथा कलेज छैन । महंगी बढेको छ । पहिला पहिला घरघरमै वृद्ध भत्ता दिने गरेकोमा अहिले त्यो पनि रोकिएको छ । यी सबै कुरा समाधान गर्ने नेता चाहिएको छ ।’

    डडेल्धुराका जनता यतिबेला आफ्नो क्षेत्रमा विकास गर्ने नेताको खोजीमा छन् ।

    सागर ढकाल भन्छन्– अब सुई लगाएर सबै हजुरबाहरुलाई आराम गराउने हो। देशको मुहार फेर्न एक पटक मौका दिनुहोस। साथै ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । अझै धेरै साथ र सहयोगको अपेक्षा गरेको छु ।’

    सोमबार साँझ सामाजिक सञ्जालमार्फत ढकालले आफूलाई प्रशासनले प्रचारप्रसार गर्न नदिएको बताएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार