Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचन आयोगका प्रमुख आयुक्त र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता 


    बिहिबार, कार्तिक २४ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेट भएको छ ।

    कार्तिक २४ गते आज बिहीबार आयोगको कान्तिपथस्थित कार्यायलयमा प्रमुख निर्वाचन आयुक्त थपलियासँग राजदूत डेप्रेजले शिष्टाचार भेटवार्ता गरेको श्रोतले बताएको छ। 

    उक्त भेटघाटका क्रममा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको आयोगले जनाएको छ । अब निर्वाचनका लागि जम्मा दश दिन बाँकी रहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार