Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनको लागि स्याङ्जामा २५ सय बढि कर्मचारी 


    बिहिबार, कार्तिक २४ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्र रहेको स्याङ्जा जिल्लामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि २ हजार ५ सय ५० जना कर्मचारी खटिने भएका छन् ।

    जिल्लाका ९७ वडामा १९९ मतदानस्थल र ३ सय २० मतदान केन्द्रमा २ हजार ५५० कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । मतदान स्थलमा मतदाताको संख्याको आधारमा८ देखि ९ जना कर्मचारी खटिने कार्यालयले जनाएको छ ।

    २ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ४ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ३ सय २० मतदान अधिकृत, ३ सय २० सहायक मतदान अधिकृत, १५ सय ९० सहायक कर्मचारी र ३ सय २० सहयोगी कर्मचारी मतदान स्थलमा खटाउन लागिएको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार