Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका पूर्ववडाध्यक्ष कार्कीले गरे पार्टी परित्याग


    बिहिबार, कार्तिक २४ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमाले पार्टी परित्याग गर्नेहरुको ताती लागेको छ। 

    नेकपा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पनि पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले आउँदै गरेको चुनावको मुखैमा पार्टी परित्याग गरेको एक विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।

    २०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले पछिल्लाे समय नेतृत्वको गतिविधि मन नपरेकाले पार्टी परित्याग गरेको जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार