Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावमा खटाएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई कारबाही गर्ने 


    बिहिबार, कार्तिक २४ २०७९
    560
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटाइएको मतदान केन्द्रमा सामेल नहुने अर्थात् नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने भएको छ । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ । आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । 

    यसैगरी आब आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनाव हुन दश दिन बाँकि रहेको स्रोतले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार