Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चुनाव पछि वृद्धभत्ता ५ हजार पुग्छ: ईश्वर पोखरेल


    बुधबार, कार्तिक २३ २०७९
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ महुने चुनाव पछि वृद्धभत्ता बढेर ५ हजार पुग्ने दाबी गरेका छन् । 

    बुधबार काठमाडौंको धापासीमा जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले नै भएको दाबी गरे । 

    कांग्रेसलगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेकाे उनले समेत उनले बताए । अनेक विरोध सहेर वृद्धभत्ता स्थापित गरिएको र अहिले ज्येष्ठ नागरिकहरू सम्मान र इज्जतका साथ बाँचिरहेकाे उनले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार