काठमाडौं । आज कार्तिक २३ गते बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै गठबन्धनका वरिष्ट नेताहरुले एकपछि अर्को गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती र जवाफ दिएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको र देशको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले बहुमतले पारित गरेको बताए ।
उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ। सम्पूर्ण एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ । ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ। हामी कुटनीतिक रुपमा पहल गछौँ ।’
नेपालकै भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल एकमत रहे पनि एमाले अध्यक्ष ओलीले भने राजनीति गरिरहेको र आफूले मात्रै नक्सामा भूमि राखेको भनेर भ्रम फैलाएको देउवाको ओलीलाई जवाफ छ।
गत शुक्रबार नेकपा एमालेले दार्चुला सदरमुकाम खलंगामा चुनावी अभियान आमसभा गरेको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend