Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रचण्डले ओलीलाई दिए चुनौती- फेरी तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस्


    बुधबार, कार्तिक २३ २०७९
    845
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं।  बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी तेस्रो पटक पनि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्।

    अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए । आफूले सदनमा ओलीलाई भनेको प्रसंग स्मरण गर्दै उनले पहिलोपटक संविधान जारी गर्नका लागि र त्यसपछि तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले दोस्रो पटक पनि ओलीलाई प्रधानमन्त्री बनाएको बताए। ‘अब प्रधानमन्त्री बनेर देखाउनुस्। अनि मानौंला। मैले रोस्ट्रमबाट भनेको थिएँ- तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउनुस्। त्यो सम्भव छैन’, प्रचण्डले भने। प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको समेत दाबी गरे ।

    उनले ओलीले बहुमत चाहियो भन्दा आफूलाई लाज लाग्ने र ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए। ‘दुई तिहाइको हुँदाखाँदाको सरकार विघटन गर्ने, दुई तिहाइको बहुमतको सरकार विघटन गर्ने, त्यत्रो विशाल पार्टीलाई विभिन्न सेटिङ मिलाएर विभाजन गरेर टुक्राटुक्रा पार्ने केपी ओली कुन नैतिकताले अब जनताको अगाडि बहुमत माग्ने?’, उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार