काठमाडौं । काठमाडौं महानगरपालिकाले कुरुप देखिएका ६ आकाशेपुल भत्काउने भएको छ । मनोज भेटवालको इनोभेट कन्सेप्ट नेपालले सञ्चालन गरेका आकाशेपुललाई ब्यापारिक प्रयोजनमा प्रयोग गरेको र हालसम्म राजश्वसमेत नतिरेको कारण ती पुल भत्काउन लागिएको हो ।
महानगरपालिकामा सहसचिव राजेश्वर ज्ञवालीले करिब १ करोड ४० लाख रुपियाँ राजश्व समेत नतिरेको र पुलले राजधानीलाई कुरुप बनाएकोले भत्काउन लागेको बताउनुभयो ।
उहाँका अनुसार भद्रकाली, शहीदगेट, न्युरोड, भोटाहिटी, जमल र रत्नपार्कको आकाशेपुल भत्काउन लागिएको हो । महानगरका कार्यकारी अधिकृत सचिव एकनारायण अर्यालले ती आकाशेपुल भएका स्थानमा फलामे आकाशेपुल बनाउने तयारी भइरहेको जानकारी दिनभुयो ।
आकाशे पुलमा सटर बनाएर भाडामा दिने र करोडौ रुपिया कमाउने प्रवृतिलाई रोक्न र महानगरलाई सुन्दर बनाउन ब्यापारीक प्रयोजनका सबै आकाशेपुल भत्काउन लागेका हौ–सचिव अर्यालले भन्नुभयो । चीन सरकारको चक्रपथ विकास आयोजनाले गाेंगबुको आकाशेपुल भत्काउने निर्णय गरिसकेको छ ।