काठमाडौं। ६ दिने औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड पुगेकी छन्। उनी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन्।
राष्ट्रपति भण्डारीलाई आइसल्याण्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत सुश्री एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । नेपाल सरकारको स्वीकृतिमा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणमा गएकी हुन्।
उक्त कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिडर्स (डब्लुपीएल), आइसल्याण्ड सरकार र आइरल्याण्डको संसदले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
राष्ट्रपति भण्डारीले रेक्जाभिक ग्लोबल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नेछिन् ।
राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान पुन:स्वदेश फर्किने छिन्।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend