Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन प्रचारप्रचारमा सरकारी स्रोतको प्रयोग र खर्चमाथि अख्तियारको अनुसन्धान सुरु 


    बुधबार, कार्तिक २३ २०७९
    685
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर ४ मा हुने निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि छानबिन सुरु गरेको छ ।

    निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

    ‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरुले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । अरु थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरु विस्तृत थाहा होला ।’

    केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

    अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगवारे समेत निगरानी थालेको दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार