काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको नेतृत्व परिवर्तन गर्न काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काठमाडौं ४ का उम्मेदवार समेत रहेका थापाले आफुले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन गर्न सम्भव रहेको बताए। काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे । ‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यर्थाथता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदिय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने बताए ।
उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए । उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाई लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाई होला । यहाँ सिधैँ प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला सांसद्मा जितेर जानुपर्छ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend