Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन जित्न र पछि चुनौती सामना गर्न गठबन्धन दल तयार हुनुपर्छ : गगन थापा


    मंगलबार, कार्तिक २२ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धन दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी ४ मङ्सिरमा हुने आम निर्वाचनपछिको चुनौती सामना गर्न गठबन्धन दलहरु पूर्ण तयार हुनुपर्ने जिकिर गरेका छन्। 

    आज मंगलबार काठमाडौंमा काभ्रे–काठमाडौं ४ समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जित्ने भन्दै त्यसपछिको चुनौति सामना गर्न दलहरु तयार हुनुपर्ने दाबी गरेका हुन्। उनले देशमा देखिएका आर्थिकलगायतका समस्या समाधान गर्न निर्वाचन पछि बन्ने सरकार गम्भीर भएर लाग्नुपर्ने चुनौति रहेको जिकिर गरे।

    आम नागरिकमा देखिएको निरासालाई पनि गठबन्धनले निर्वाचन जितेपछि दृढ संकल्पका साथ हटाउनुपर्ने उनको भनाइ छ । थापाले पाँच वर्षका लागि गठबन्धनसँगै बसेर मत मागेकाले आगामी पाँच वर्ष जनताको मतको इज्जत राख्नुपर्ने धारणा राखे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार