Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको जोखिम बढेपछि नेपालगञ्ज उपमहानगरपालिका सिल


    शनिबार, साउन २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपालगञ्ज । बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।

    प्रजिअ कुरुम्वाङ्गको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ । सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको उहाँले जानकारी दिनुभयो । यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ । सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार