Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारले गर्यो सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन


    मंगलबार, कार्तिक २२ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ थान मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । 

    ललितपुरको टंगालस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वाेच्च अदालतमा निवेदन दिएको बताएको हो। 

    अख्तियारले राजश्व चुहावट, घुस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वाेच्च अदालत गएको हो । 

    यस्तै, विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार