काठमाडौँ । गठबन्धन दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ। बुधबार दिउँसो बैतडीको पाटनमा हुने चुनावी सभालाई प्रभानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने निधो भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए
बुधबार बिहान दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर दुवै वरिष्ट नेता बैतडीको पाटन आउने कार्यक्रम तय भएको उनले जानकारी दिए ।
बैतडीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा सहभागी हुँदैछन्। प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्र कुँवर साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ भने सुदूरपश्चिम प्रदेश सभा सदस्य (क) मा नेपाली कांग्रेसका वीररबहादुर विष्ट र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट साझा उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन्।
यसअघि कात्तिक १८ गते बैतडीको पाटनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend