Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रचण्डविरुद्ध मत मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त


    मंगलबार, कार्तिक २२ २०७९
    715
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । गोरखा–२ घर भएका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत माग्दै उनी समक्ष  उभिएको आरोप लागेपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । 

    मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।

    आचार्य २०७४ सलमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतको भनाइ छ ।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए ।

    आचार्यले भने आफूलाई मन्त्रीबाट हटाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । ‘म कुनै पार्टीमा लागेको छैन र मलाई हटाउनुपर्ने कुनै कारण पनि देख्दिन’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार