Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो निर्वाचनपछि संविधानमाथि घात गर्ने ओली पत्तासाफ हुन्छन् : प्रचण्ड 


    मंगलबार, कार्तिक २२ २०७९
    720
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ।  गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका छन् । उनले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओली यो निर्वाचनबाट पत्तासाफ हुने दाबी गरेका हुन्। 

    मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली राजनीतिमा असफल भइसकेको भन्दै जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए । ‘अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक छ । ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यही क्रममा यो गठबन्धन बन्यो । अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै छ । त्यसैले गठबन्धनको पक्षमा मत खसाल्नुहोस्,’ उनले भने ।

    मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृति र दुई गठबन्धन आमनेसामने भएको बताउँदै उनले भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ । त्यसैले यो निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बिचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’ अर्को गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको भन्दै उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वामलोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आग्रह गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार