Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • चर्चित र्‍यापर लाउरे कांग्रेस उम्मेदवारलाई भोट माग्दै


    मंगलबार, कार्तिक २२ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचन नजिकिएसंगै केही सेलिब्रिटी दल र उम्मेदवारको पक्षमा खुल्न थालेका छन् ।  खुलेरै ती उम्मेदवारको पक्षमा भोट माग्नेदेखि आफूले उनीहरुलाई भोट हाल्ने सार्वजनिक पनि उनीहरुले गरेका छन् । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुुकमार थापाको पक्षमा खुलेका छन् । थापा गण्डकीका बहालवाला मन्त्री समेत हुन् । उनले इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै संविधानले दिएको उम्मेदवार छनोट गर्ने आफ्नो अधिकारलाई ख्यालमा राख्दै आफूले थापालाई नै भोट दिने र सपोर्ट गर्ने निधो गरेको उल्लेख गरेका छन् ।

    अब चुनाव आउन मात्र १२ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै सेलिब्रिटीमाझ पनि चुनावी माहौल तातिंदो छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार