Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारबाटै निर्वाचन लड्दै  ४३ वर्षीया शर्मा


    मंगलबार, कार्तिक २२ २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ परेकी  विद्यादेवी शर्मा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा चुनाव कारागारबाटै लड्ने भएकी छन् ।  प्रतिनिधिसभा सदस्य उम्मेदवार उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो । 

    राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उनले कारागारबाटै निर्वाचन लड्ने भएकी हुन् । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहेको उनका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बदरको माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेकी छन् । थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार