Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • गृहमन्त्री थापा र उनका सल्लाहकारको कोरोना रिपोर्ट नेगेटिभ


    शनिबार, साउन २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

    यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी थिए। त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहेका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो । 

    परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको भट्टाराईले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार