Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुन्ती पोख्रेलले भनिन्- ‘म जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु’  


    सोमबार, कार्तिक २१ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की युवा नेत्री अर्थात् काठमाडौं निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोखरेलले आफ्नो चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै यस निर्वाचन क्षेत्रका शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा अन्तर्गतका सबै वडावासीको घरदैलोमा कुन्ती पोख्रेल पुगिसकेकी छिन् । आज सोमबार बिहानैदेखि वडा नं ३ स्थित जर्सीङपौवा, कात्तिके लगायतका स्थानमा मतदातासँग भेटघाट व्यस्त रहेकी छिन् । भेटघाटका क्रममायहाँका मतादाताले गरेको भव्य स्वागत र जनसागर उर्लिएको देख्दा आफ्नो जित सुनिश्चित भइसकेको उनको दाबी छ । 

    आगामी ‘मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरूको पाँच वर्ष सेवक बन्ने छु,’ प्रोख्रेलले प्रतिवद्धता जनाइन् । उनले थपिन्,‘एकदम म डटेर, कसम खाएर मेरो हार, जितको मलाई मतलब छैन । म काम गर्नै आएको हो । काम गरेरै छाड्छु । जित्छु पनि ‘म यो क्षेत्रमा तपाईंहरूको काम गर्न आएकी हुँ, काम गरेरै छाड्छु ।’ उनले थप जोड दिइन्, ‘म पहिलाका नेताले जस्तो झुठ बोल्न जान्दिन जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार