Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई ओलीको जवाफ: प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन्


    सोमबार, कार्तिक २१ २०७९
    875
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत नै फिर्ता ल्याउने चेतवानी दिएका छन् । मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो देशको गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको दाबी गरे ।

    ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’

    उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तछाड मछाड छ ।’   गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने, ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियौँ । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार