Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि जुम्ला जाँदै प्रचण्ड


    सोमबार, कार्तिक २१ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि २२ कात्तिकमा एकै साथ साविककाे माथिल्लो कर्णालीका ३ जिल्लामा  गठबन्धनको आमचुनावी सभा सम्बाेधन गर्ने भएका छन् 

    माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बाेधन गर्ने छन् । प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने र  सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् ।

    यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बाेधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार