Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज ३७८ मा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो


    शनिबार, साउन २४ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना देखिएको बताए ।

    २४ घन्टा ४ सय ९९ जना डिस्‍चार्ज भएका छन् । हालसम्म १६ हजार ३ सय १३ जना डिस्‍चार्ज भएका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ पुगेको हो ।

    हाल मुलकभरका क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताएका छन् । 

    शनिबार थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारए ७३ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार