Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनाव बहिष्कार गर्ने नेकपा मसालको घोषणा


    सोमबार, कार्तिक २१ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाच बहिष्कार गर्ने घोषणा गरेको छ ।

    मसालको हालै सम्पन्न बैठकले संसदीय व्यवस्थाको अन्त्यगरी जनताको जनवादी व्यवस्था स्थापनाको माग गर्दै मशालले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

    प्रवक्ता रेशम गिरीले निर्वाचनमा सहभागी नहुने गरी जनतालाई अपिल गर्न जिल्लाव्यापी पर्चा वितरण, घरदैलो अभियान, भेट, कोणसभा, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्‍चालन गरिने बताए । 

    नेकपा मसालले राष्ट्रियता र जनजीविकाको पक्षमा परिणाममुखी जनसंघर्ष सञ्चालन गर्ने, पार्टीलाई उत्पादन कार्यमा जोड्ने, जनसंघर्षमा पार्टीको नेतृत्वदायी भूमिका खेल्नेलगायतका निर्णय गरेको जनाएको छ ।

    मसालले निर्वाचनमा सहभागी नहुनका लागि क्रान्तिकारी माओवादी, नेकपा बहुमत, कम्युनिष्ट पार्टी माओवादीसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता गिरीले जानकारी दिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार