काठमाडौँ। निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । आयोगले गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णयबारे दोस्रो पटक स्पष्टीकरण सोधेपछि उक्त निर्णय खारेज गरिएको स्रोतले जनाएको छ।
गण्डकी प्रदेश सरकारको उक्त कर घटाउने निर्णयपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो भने बुधबार दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । तर, मुख्यमन्त्री कार्यालयमा पत्र भने आइतबार बिहान ११ बजेमात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो ।
निर्वाचनको सम्मुखमा आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई आयोगले अलग-अलग स्पष्टीकरण सोधेको थियो ।
प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend