Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा तोकिए कमाण्डर र सहकमाण्डर


    आइतबार, कार्तिक २० २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । प्रचण्ड यतिबेला चुनावी प्रचार लगायतका कार्यक्रममा गोरखामा निक्कै व्यस्त छन्  । 

    उक्त क्षेत्रमा वाईसीएलका केन्द्रीय सचिव समेत रहेका सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् भने सोही क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ । जसमा यी दुवै युवा नेतालाई जिम्मेवारी तोकिएको छ ।

    यस्तै, राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको गोरखाली भूमिबाट उम्मेदवार बन्दा खुसी लागेको बताउने प्रचण्डले जित निश्चित भएको दावी गर्दै आएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार