Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड जाने


    शुक्रबार, कार्तिक १८ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डकाे भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारी कात्तिक २१ गते बेलुकी ६ बजे कतार एअरवेजको जहाजमार्फत भ्रमणमा जाने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    भ्रमणको तयारीबारे आज शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलकाे नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जाने छिन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी कात्तिक २६ गते बिहान ७ बजेर ३० मिनेटमा स्वदेश फर्कने छिन् 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार